८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

याम्बालिङ्ग हाईड्रोपावरको आईपीओ बाँडफाँड

८ वैशाख, काठमाडौं । याम्बालिङ्ग हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ।

कम्पनीले २०८२ चैत ८ गतेदेखि २३ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं। १ देखि ७ सम्मका स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड रुपैयाँ बराबरका ७ लाख कित्ता सेयर जारी गरेको थियो।

उक्त अवधिमा परेको आवेदनका आधारमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ अनुसार वैशाख ६ गते सेयर बाँडफाँटड गरिएको कम्पनीले जनाएको छ।

सेयर नपरेका वा आंशिक परेको आवेदनकर्ताहरूको रकम भोलि वैशाख ९ गते बुधबारदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने कम्पनीले जनाएको छ। कम्पनीको आईपीओ निष्काश तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ।

प्रकाशित मिति : 10:24