छुट्ला है ! सोपान फर्मास्युटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
८ वैशाख, काठमाडाैं। सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत वैशाख ३ गतेदेखि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न गत फागुन १७ गते अनुमति पाएको थियो । सो मध्येबाट कम्पनी २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी राखी आम सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 09:19









