रास्वपाले संघीय नेतृत्व मञ्चमा थप्यो ६ नयाँ सदस्य
७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना नयाँ सदस्य थप गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ६ जना सदस्य मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।
तुलसी प्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरी मञ्चमा मनोनीत हुनुभएको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : 17:32









