९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

१३.१७ अंकले घट्यो नेप्से, ४ कम्पनीको सेयर बढ्यो १५ प्रतिशत

७ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा झरेको छ।

आज तीन सय ४९ कम्पनीको एक करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर एक लाख १६ हजार ३१० पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ बराबरको कारोबार भएको छ ।

नेप्सेले कुनै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको घटबढ हुँदा ‘सर्किट ब्रेक’ लाग्ने व्यवस्थालाई परिमार्जन गरी १५ प्रतिशत बनाएको छ । जसअनुसार आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, पाल्पा सिमेन्ट इन्डस्टिज लिमिटेड र शिखर पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ०१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

प्रकाशित मिति : April 20, 2026 at 4:04 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/