यसरी हेर्नुहोस् कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा
७ वैशाख, काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेड आईपीओ बाँडफाँड भएकाे छ । कम्पनीले गत चैत २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँड गरेको हाे।
कम्पनीले सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा बिक्री अवधिभर २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६ लाख ३५ हजार ६३४ जनाको मात्रै आवेदन स्वीकृत भएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ गोलाप्रथा विधिबाट बाँडफाँड गरिएकाे थियाे । गोलाप्रथा विधिबाट बाँडफाँड गर्दा ६८ हजार ४७५ जनाले १० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी २५ लाख ६७ हजारभन्दा बढी आवेदकको हात खाली भएकाे छ ।
कम्पनीकाे आईपीओ नतिजा केही समयपछि प्रकाशन हुनेछ । कम्पनीकाे आईपीओ नतिजा बिक्री प्रबन्धकको वेबसाइट: https://www.rbbmbl.com.np/result/allotment-result-check , सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/ र मेरो सेयरबाट: https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिनेछ ।
प्रकाशित मिति : 11:23









