प्रि ओपन सेसनमा करिब साढे ६ अंकले घट्यो नेप्से
७ वैशाख, काठमाडाैं । साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ६.३० अंकले घटेर २८३२.०९ विन्दुमा झरेको छ।
सोमबार प्रि ओपन सेसनमा ११२ स्टकको ३८३ पटकको कारोबारमा २ करोड ११ लाख ५९ हजार ९५८ रुपैयाँ २० पैसा बराबरको २९ हजार ६०० कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : 10:58









