सन नेपाल लाइफका चार जना सञ्चालकहरूको पदावधि थप
७ वैशाख, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको पदावधि थप भएको छ । सञ्चालक अनुज क्याल, ससांक अग्रवाल, किरण के.सी र नारायण रुगटाको चार वर्षे पदावधि भोलि वैशाख ८ गतेबाट समाप्त हुने भएकोले आगामी वार्षिक साधारणसभा नभएसम्म सञ्चालक पदमा निरन्तरता दिने गरी पदावधि थप गरिएको हो ।
सञ्चालक समितिको वैशाख ६ गते बसेको १५७ औं बैठकले पदावधि थप गर्ने निर्णय गरेको हो । साथै हाल कायम रहेको सञ्चालक समितिको संरचना बमोजिम अनुज क्याल अध्यक्ष पदमा नै निरन्तरता हुने समेत कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित मिति : 10:52









