७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

एनआईसी एशिया लघुवित्तले सेयरधनीको हात बनायो खाली, लाभांश वितरण नगर्ने

७ वैशाख, काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गर्दै सेयरधनीहरुको हात खाली बनाएको छ। वैशाख ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणमा नियमानकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरुको व्यवस्था गरेपश्चात लघुवित्तको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सोही बैठकले गरेको छ।

प्रकाशित मिति : 10:14