२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

करारमा कर्मचारी राख्न स्थानीय तहलाई बाटो खुला, जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि स्वीकृत


१३ चैत, काठमाडौँ । कर्मचारीको अभाव झेलिरहेका स्थानीय तहलाई करारमा कर्मचारी राख्ने बाटो खुला भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७४ स्वीकृत गरेपछि बाटो खुलेको हो ।

नमूना कार्यबिधिले स्थानीय तहलाई आवश्यक पर्ने इन्जिनियरिङ, कृषि, पशु, वन, स्वास्थ्य सेवासँग सम्बन्धित जनशक्ति करारमा लिन सक्ने व्यवस्था गरेको छ । यसले कर्मचारी अभावका कारण दैनिक कार्यसञ्चालनमै समस्या झेलिरहेका स्थानीय तहलाई जनशक्ति व्यवस्थापनमा केही सहज हुने भएको छ ।

सम्बन्धित स्थानीय तहहरूले कार्य्विधिलाई आफ्नो आवश्यकता अनुसार कार्यपालिका बैठकबाट निर्णय गरी लागू गराउन सक्ने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए । तत्काल कर्मचारी व्यवस्थापन जटिल हुने भएपछि त्यसलाई पूर्ति गर्न मन्त्रालयले करारको यस्तो उपाय अवलम्बन गरेको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १५:०३