८ असार २०८३, सोमबार | Mon Jun 22 2026

वैशाख २१ गतेदेखि सिद्धार्थ इक्विटी फण्ड २ निष्काशन गर्दै सिद्धार्थ क्यापिटल

७ वैशाख, काठमाडाैं । सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फण्ड २ को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न लागेको हो। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो।

निष्काशन गरिने कुल १० करोड इकाईको न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवर्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त योजनामा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

योजनाको इकाईमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा जेठ ४ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। उक्त योजनाको इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : April 20, 2026 at 9:48 am