रास्वपाको प्रवास विभाग प्रमुखमा दीपक वाेहरा नियुक्त
६ वैशाख, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक वोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उहाँलाई उक्त जिम्मेवारी दिएको हो । यसअघि उक्त विभागको प्रमुखको जिम्मेवारी डिपी अर्यालले सम्हाल्दै आउनुभएकाे थियाे ।
अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएपछि पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग हुनुभएका कारण उक्त पद रिक्त रहेको थियो । प्रवासमा रहेका नेपालीसँग समन्वय र संगठन विस्तारलाई थप प्रभावकारी बनाउन वोहरालाई साे जिम्मेवारी दिएको पार्टीले जनाएको छ ।
प्रकाशित मिति : 17:56









