६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ?

६ वैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिनाले आइतबार बिहानै फेसबुक मार्फत प्रश्न गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भनेर आलोचना सुरू भएपछि भ्रमक कथा कसको कल्पनामा निर्माण भयो भनेर प्रश्न गर्नुभएको हो ।

उहाँले प्रश्नसँगै सबैमा कसैको केही कुरा सेयर गर्नुअघि विश्वसनियता जाँच गर्न अनुरोध गर्नुभएको छ । उहाँले सरकारले कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागिरहेको बताउनुभएको छ ।

मन्त्रीको टिप्पणी यस्तो छ,

शुभप्रभात!
सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो ? साथीहरु, कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनियता सुनिश्चत गर्नुहोला । यो सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ, नागरिकको करको पैशाको दुरूपयोग गर्न हैन। जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ। धन्यवाद।

प्रकाशित मिति : 06:58