५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

‘वाम एकता’ बहसप्रति विष्णु पौडेलको प्रश्नः ध्यान मोड्ने चर्चा कस्ले चलायो ?

५ वैशाख, काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टीले पछिल्लो निर्वाचनमा बेहोरेको हारको परिणामपछि देखिएको ‘वाम एकता’ बहसप्रति प्रश्न उठाउनुभएको छ। उहाँले अहिलेको प्राथमिकता पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा र पुनर्गठन हुनुपर्ने बताउनुभयो ।

उहाँले पार्टीभित्र र बाहिरबाट उठाइँदै आएको ‘वामपन्थी एकता’ सम्बन्धी बहसप्रति प्रश्न उठाउँदै त्यो समय सान्दर्भिक नभएको टिप्पणी गर्नुभएको हो ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले निर्वाचनमा भएको चिन्ताजनक हारबाट ध्यान मोड्ने प्रयास भइरहेको आरोप लगाउनुभयो । “नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो,” उहाँले उल्लेख उल्लेख गर्नुभएको छ ।

dainiki.com

पौडेलले यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा पछाडिबाट ‘वामपन्थी एकता’ को असान्दर्भिक चर्चा कसले र किन चलाइरहेको हो भन्ने प्रश्नसमेत गर्नुभएको छ । उहाँले पार्टीभित्र यस्ता बहसले वास्तविक समस्याबाट ध्यान विचलित गर्न सक्ने संकेत गर्नुभएको छ ।

प्रकाशित मिति : 16:36