२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

उत्कृष्ट काम गर्ने प्रहरीलार्इ ‘काठमाडौँ पुलिस अवार्ड’ बाट सम्मानित गरिने


१३ चैत, काठमाडाैँ । नेपाल बंगलादेश बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंलाई १ बर्षका लागि १८ लाख ६० हजार रुपैयाँ प्रदान गरेको छ ।

काठमाडौंमा शान्ति सुरक्षा कायम राख्नका लागि पैसा दिएको बैकले जानकारी दिएको छ । बैकले प्रदान गरेको रकमबाट काठमाडौं पुलिस अवार्ड प्रदान गरिनेछ । पहिलो पटक प्रदान गर्न लागिएको अवार्ड हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रदान गरिनेछ ।

जस अनुसार प्रहरी जवान मध्येबाट १ जनालाई १० हजार, प्रहरी हवल्दारलाई १५ हजार, प्रहरी सहायक निरीक्षकलाई १५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी निरीक्षक ३५ हजार र प्रहरी नायब उपरीक्षकलाई ५० हजार प्रदान गरिने काठमाडाैँ प्रहरी प्रमुख विश्वराज पोखरेलले दैनिकीलार्इ जानकारी दिए ।

नेपाल बंगलादेश बैकका सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना र परिसरको तर्फबाट एसएसपी विश्वराज पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन ।  पुरस्कारलाई निरन्तरता दिने बताइएको छ । परिषर अन्तर्गत ३३ सय प्रहरी कार्यरत रहेका छन ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १४:५२