प्रि ओपन सेसनमा २ अंकले बढ्यो नेप्से
४ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से २.१७ अंकले बढेर २८३५.२१ विन्दुमा पुगेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ५६ स्टकको १३१ पटकको कारोबारमा ३८ लाख ११ हजार ७६७ रुपैयाँ ७० पैसाबराबरको ९ हजार ७५० कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : April 17, 2026 at 10:56 am









