२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

म नेपाल आमा हाँसेको हेर्न चाहन्छुः प्रधानमन्त्री बालेन

४ वैशाख , काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मातातीर्थ औंसीका अवसरमा शुभकामना दिँदै आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको बताउनुभएकाे छ ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी,’ उहाँले संस्कृत वाक्यांश अनुवाद गर्दै शुभकामना दिनुभएकाे छ, माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्। माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औंसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।’

आमा जीवनको पहिलो गुरू अनि अनन्त ममताकी स्रोत आमा भएको प्रधानमन्त्री बालेनले बताउनुभएकाे छ । ‘आमाको मुख हेर्ने दिन आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौं, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्। मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना। हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु,’ उहाँले लेख्नुभएकाे छ ।

प्रकाशित मिति : April 17, 2026 at 9:47 am