४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्कासन गर्ने

४ वैशाख, काठमाडौं । बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही वैशाख २१ गते काठमाडौंमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारण बोलाएको छ ।

सभाबाट कम्पनीको आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव अनुमोदन गरिनुका साथै सञ्चालकको सेवासुविधा निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : 09:32