३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

पाँच कम्पनीले बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्ने

३ वैशाख, काठमाडौं । ५ कम्पनीले बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्ने भएको छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्नका लागि सम्झौता भएको छ ।

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युब आयल लिमिटेडले बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्ने भएका हुन् ।

नर्भिक इन्टरनेशनल हस्पिटलको ८ लाख १६ हजार ४८० कित्ता, जगदम्बा स्पिनिङ मिल्सको १८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सको ४ लाख ३४ हजार ६०० कित्ता, लक्ष्मी स्टील्सको १८ लाख कित्ता तथा पूर्वाञ्चल ल्युब आयलको ६ लाख कित्ता सेयर शिलबन्दी बोलपत्रमार्फत योग्य संस्थागत लगानीकर्तालाई छुट्याइनेछ।

प्रकाशित मिति : 17:41