३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

हिमालयन रिका सीईओसहित ५ व्यवस्थापकलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण

३ वैशाख, काठमाडौं । नेपाल बिमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित पाँच व्यवस्थापकलाई  स्पष्टिकरण सोधेको छ ।

प्राधिकरणले कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकामा सात दिने स्पष्टिकरण सोधेको हो । प्राधिकरणले सीईओ उपासना पौडेलसहित, डेपूटी सीईओ मुकेश कुमार कपुर र कार्यकारी निर्देशकहरु मनिश कुमार, शिशिर गैह्रे, सन्तोष केसीलाई सात दिने स्पष्टिकरण सोधेको हो । स्रोतका अनुसार यदि चित्तबुझ्दो जवाफ प्राप्त नभएमा बीमा ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।

नेपाल पुनर्बिमा कम्पनी लगायतका विभिन्न कम्पनीहरूको सेयर खरिद गर्नका लागि हिमालयन रि–इन्स्योरेन्स र यससँग आबद्ध अन्य संस्थाहरूको ३ अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ १७ पैसा बराबरको रकम दुरुपयोग गरेको विषयमा आवश्यक छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न सम्पत्ति शुद्धीकरण विभागले नेपाल बिमा प्राधिकरणलाई फागुन २८ गते पत्राचार गरेको थियो ।

प्रकाशित मिति : 17:26