तीन संसदीय समितिको सभापतिमा तीन प्रतिपक्षी दलको उम्मेदवारी
३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका तीन संसदीय समितिको सभापतिमा तीनवटा प्रतिपक्षी दलले उम्मेदवारी दिएका छन्। बिहीबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा तीन दलका सांसदले समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एमालेबाट गुरु बरालले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । त्यस्तै, प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन र अनुगमन तथा मूल्याकन समितिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मदनकुमारी शाह ‘गरिमा’ ले उम्मेदवारी दिनुभएकाे छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवारी दिएको छ। सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका खड्काले उम्मेदवारी दिनुभएकाे हाे ।
प्रकाशित मिति : 16:22









