३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

रिलायन्स स्पिनिङ मिल्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

३ वैशाख, काठमाडाैं । बिहीबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेको छ। बिहिबार ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने २३६ कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

आज ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ६१ करोड ८० लाख ४३ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावरको ५५ करोड ५९ लाख ६२ हजार रुपैयाँ, एसवाइ प्यानल नेपालको, ५१ करोड ६० लाख १७ हजार रुपैँया, सोलु हाइड्रोपावरको ३२ करोड ४० लाख ६७ हजार रुपैयाँ, रिडी पावर कम्पनीको ३१ करोड ७५ लाख ५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:24