३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

रास्वपाले तोक्यो सांसद र मन्त्रीहरूको लेवी, कुनको कति ?

३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे ।

 उहाँका अनुसार सांसदहरूका लागि १६ हजार ५०० रुपैयाँ र मन्त्रीको लागि १८ हजार रुपैयाँ लेवी तोकिएको छ । त्यस्तै, स्वकीयहरूका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ ।

प्रकाशित मिति : 15:13