३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

कांग्रेसले लेखा समिति सभापतिमा भरत खड्कालाई उम्मेदवार बनाउने

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सांसद भरत खड्कालाई सार्वजनिक लेखा समिति सभापतिको उम्मेदवार बनाउने भएको छ । डोटीबाट निर्वाचित सांसद खड्कालाई अघि सार्ने सर्वसम्मत निर्णय भएको सांसद भीष्मराज आङ्देम्बेले बताउनुभयो ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरिसकेको छ । एमाले र नेकपाले पनि लेखा समितिमा कांग्रेसलाई सघाउने निर्णय गरिसकेकाले खड्का सभापति बन्ने निश्चित छ।

प्रकाशित मिति : 14:53