३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

निर्धन उत्थान लघुवित्तको कामु सीईओमा नारायण बहादुर कार्की नियुक्त

३ वैशाख, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नारायण बहादुर कार्कीलाई नियुक्त गरेको छ ।

वैशाख २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि सहायक महाप्रबन्धक कार्कीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

उहाँलाई वैशाख ४ गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारी प्रदान गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको पदावधि वैशाख ३ गते समाप्त भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : 10:51