१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

सरकारले चाहे निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न सक्छः कांग्रेस सभापति देउवा

३ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले चाहे निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न सक्ने बताएका छन । नेपाली कांग्रेस भक्तपुरले शुक्रबार अायोनना गरेको एक कार्यक्रममा सभापति देउवाले सरकारले नचाहेकाले निर्मला हत्याकाण्डको दोषी पक्राउ पर्न नसकेको बताए ।

फाइल फोटो ।

उनले सरकारले एक वर्षको अवधिमा नागरिकले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको आरोप पनि लगाए । देउवाले भने, ‘देशमा हत्या, हिंसा, बलात्कारका घटना बढे पनि सरकारले दोषीलाई कारबाही गर्न सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्याकाण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले चाहेन ।’

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार १९:३२