प्रतिकित्ता १४० रुपैयाँमै मुक्तिनाथ विकास बैंकको सेयर बिक्रीमा
२ वैशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले २ लाख ५८ हजार १८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ कायम गरेको छ । उक्त सेयरमा सबैले खरीद आवेदन दिन पाउने छन् ।
सेयर खरीद गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण सेयर माग गर्न सकिनेछ । यस्तो बोलपत्र फाराम काठमाडौंको नक्सालस्थित सममार्गमा रहेको सानिमा क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा पाइनेछ भने सोही स्थानमा बुझाउन सकिनेछ । बोलपत्र वैशाख ८ गतेदेखि वैशाख १६ गतेभित्र पेश गरिसक्नु पर्नेछ ।
प्रकाशित मिति : 10:39









