८ असार २०८३, सोमबार | Mon Jun 22 2026

छुट्ला है ! एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२ वैशाख, काठमाडौं । एपोलो हाईड्रो पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि गत चैत २६ गतेदेखि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले दोस्रो चरणमा कुल ७ लाख ८० हजार २०० कित्ता आईपीओ बिक्रीमा ल्याएको हो।

 सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ९४ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : April 15, 2026 at 9:53 am