१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

कांग्रेसको एक महिने जरा अभियान सुरु

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको एक महिने जरा अभियान सुरु भएको छ। क्रियाशील सदस्यता अद्यावधि गर्नको लागि सभापति गगन कुमार थापाले अभियानको सुरुआत गर्नुभएकाे हाे ।

थापाले मंगलबार काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गर्नुभएकाे हाे । अभियान वैशाख मसान्तसम्म जारी रहने जनाइएको छ।

यो अभियानमा वडामा गएर सदस्यता नवीकरण नगर्नेले आगामी महाधिवेशनमा सहभागी हुन पाउँदैनन्। सदस्यता लिएपछि पार्टी विधान अनुसार वडा कार्यालयमा पुगेर शपथ लिनैपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : 13:51