२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

सम्पत्तिबारे हर्कले भनेः ४–५ तोला सुन र बैंक ब्यालेन्स २–४ लाख होला

१ वैशाख, काठमाडाैं । १ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताउनुभएकाे छ । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफ्नो नाममा जग्गाजमिन केही नभएको र सामान्य बैंक ब्यालेन्स तथा सुन मात्र रहेको प्रारम्भिक जानकारी दिनुभएकाे हाे ।

साम्पाङले खोटाङ केपिलासगढी-२ चोखाने गाउँमा आमाको नाममा केही पाखो, खरबारी र उतिसघारी सहितको केही खेतबारी रहेको पनि उल्लेख गर्नुभएकाे छ ।

‘मेरो सम्पत्ति विवरण चाहिएको रहेछ। केही दिनपछि दिउँला नि मेरो। मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा खोटाङ केपिलासगढी–२ चोखाने गाउँको पाखारेखा, खरबारी बाँस र उतिस घारी सहितको केही खेतबारी छ,’ उहाँले लेख्नुभएकाे छ, ‘गाउँ भिरालो पाखामा छ। त्यो पनि दाजु दिदीहरूले अंश लिएका छैनन्। मेरो नाममा केही छैन। ४–५ तोला सुन वैदेशिक रोजगारीबाट जोडेको होला। बैंक ब्यालेन्स २–४ लाख होला। म सार्बजनिक गर्नेछु। केही छैन मेरो नाममा ।’

प्रकाशित मिति : April 14, 2026 at 10:35 am