३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन

३० चैत, काठमाडौं। सानिमा बैंकले डिजिटल कारोबार प्रवद्र्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बस सेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ ।

यस अभियानअन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बस सेवामार्फत बस टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् । नेपाल भित्र यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम रु २०० सम्म तथा भारत यात्रा गर्दा १५ प्रतिशत वा अधिकतम रु ४०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

यो योजना २०८३ साल वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुनेछ । यस पहलमार्फत सानिमा बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहनगर्दै ग्राहकहरूलाई यथोचित सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ । बैंकले नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउन विभिन्न क्यासब्याक योजना तथा छुटहरू उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित मिति : 15:44