३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक

३० चैत, काठमाडौँ । नेपाली कांग्रेसले वैशाख २ गते (बुधबार ) का लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयाे ।

 बैठकमा समसामयिक विषयमा छलफल हुने भनिए पनि विषय नखुलाइएको दुलालले जानकारी दिनुभयाे ।  कांग्रेसले सोही दिन नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । त्यसबारे पनि छलफल हुने बताइएकाे छ ।

प्रकाशित मिति : 12:43