३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

केपी ओलीको शल्यक्रिया सकियो

३० चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सकिएको छ । सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सफलतापुर्वक सम्पन्न भएको उहाँको सचिवालयले जनाएको छ।

ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको र त्यसलाई निकाल्न डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया गरेको थियो ।

प्रकाशित मिति : 12:21