यौन दूर्व्यवहारको आरोप लागेपछि पत्रकार महासंघका केन्द्रीय सदस्य निलम्बित
३० चैत, काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य विकास बञ्जाडे निलम्बित हुनुभएको छ । हेटौँडामा सम्पन्न भएको महासंघको केन्द्रीय समिति बैठकले बञ्जाडेलाई निलम्बन गरेको कोषाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
उहाँले फेसबुकमा पत्रकार दिया चन्दको प्रश्नको जवाफमा भन्नुभएको छ, ‘कानुनी कुरा प्रहरी-अदालतको कुरा हुन्छ होला । तर पत्रकार महासंघले आरोपितलाई निलम्बन गरेको छ ।’

बञ्जाडेले महासंघकै केन्द्रीय सदस्य सहकर्मी माथि यौन दूर्व्यवहार गरेको अभियोग लागेको थियो । हेटौँडामा भएको केन्द्रीय समिति बैठक र बैठकपछिको मदिरा सहितको सामाजिकीकरण कार्यक्रममा ती सहकर्मी माथि दूर्व्यवहार गरेको विषय बाहिर आएको थियो ।
दूर्व्यवहार वापत पीडितबाट थप्पड व्यहोरेका बञ्जाडेले कान समातेर उठबस समेत गर्नुभएको थियो । महासंघको नेतृत्वले अभियोग लाग्ने बित्तिकै विकास र पीडित महिलालाई सँगै छलफलमा राखेर दुई दिने बैठकको अर्को दिनको बैठकमा सहभागी हुनै रोक लगाएको पाइएको छ ।

प्रकाशित मिति : 11:28









