प्रि ओपन सेसनमा करिब ५ अंकले बढ्यो नेप्से
३० चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ४.९४ अंक बढेर २८४२.७३ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ५० स्टकको १४० पटकको कारोबारमा ५६ लाख ५५ हजार ९१ रुपैयाँ ५० पैसाबराबरको ७ हजार ४८८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : 10:57









