२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

विहेभोज खान गएकी ११ वर्षीया बालिकाकाे बलात्कारपछि जिउँदै जलाएर हत्या

३ फागुन, जनकपुर । धनुषा जिल्लाकाे जनकपुरधाममा  विहेभोज खान गएकी ११ वर्षीया बालिकाकाे बलात्कारपछि जिउँदै जलाएर हत्या भएकाे छ ।  बलाल्कार भएकी बालिकाकाे आधा शरीर जलेको अवस्थामा शव फेला परेको हो ।

जनकपुर मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै विहेभोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिएका छन् ।

स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले बताए ।

आधा जलेको अवस्थामा शव फेला परेपछि बालिकालाई बलात्कार गरी जिउँदै अथवा हत्या गरेर जलाएको हुन सक्ने स्थानीय बासिन्दाको आशंका छ । तर प्रहरीले हत्या भएपनि के, कसरी हत्या गरिएको हो भन्ने कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने बताएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार १२:३३