बालेन सरकारमा पनि खुलेआम घुस, रंगेहात समातिए सुब्बा
२७ चैत, काठमाडौँ । वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित कार्यालयबाटै सामातिएका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको रकम ७७ हजार ६०० रुपैयाँसहित आज पक्राउ गरेको हो ।
मस्राङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी घुस लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । अख्तियारको टोलीले निजको साथबाट तीन थान मोबाइलसमेत बरामद गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्ने दाबी गरे पनि कर्मचारीहरूले अहिले पनि घुस खान नछाडेको पाइएको छ ।
प्रकाशित मिति : 22:20









