नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
२७ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा शिखर इन्स्योरेन्सको ६ प्रतिशत बाेनस बापतकाे कुल १७ लाख ८४ हजनार ६८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, कालिका लघुवित्तको १० प्रतिशत बाेनस बापतकाे कुल ४ लाख ७ हजार ६९२ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
प्रकाशित मिति : 16:05









