सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
२७ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदीको मूल्य पति तोलामा ८५ रुपैयाँ बढेर ४ हजार ९६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ८७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : 11:07









