कतिमा भयो पाल्पा सिमेन्ट र शिखर पावरको पहिलो कारोबार ?
२७ चैत, काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको सेयरको पहिलो कारोबार भएको छ। स्पेशल प्रि ओसन सेसनमा यस दिन पाल्पा सिमेन्टको सेयर प्रतिकित्ता ३०० रुपैयाँ र शिखर पावरको २८४ रुपैयाँ ३० पैसामा पहिलो कारोबार भएको हो।
यी दुबै कम्पनीको सेयर चैत २६ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। पाल्पा सिमेन्टले सर्वसाधारण सेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ३ करोड कित्ता सेयर गरी कुल तीन करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।
त्यस्तै, शिखर पावरले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको ३२ लाख कित्ता र कम्पनीको संस्थापक सेयरधनीहरुले लगानी गरको ६६ लाख कित्ता सेयर गरी कुल ९८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेले पाल्पा सिमेन्टलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म र शिखर पावरलाई ९४ रुपैयाँ ७८ पैसादेखि २८४ रुपैयाँ ३४ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो।
प्रकाशित मिति : 10:59









