नेप्सेमा पाल्पा सिमेन्टको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
२६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीले सर्वसाधारण सेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ३ करोड कित्ता गरी कुल ३ करोड ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो।
पहिलाे काराेबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोलि शुक्रबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।
प्रकाशित मिति : 16:42









