२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

पूर्वसभामुख महराविरुद्ध ७ करोड ७८ लाखको भ्रष्टाचार मुद्दा दायर

२६ चैत,काठमाडौं । अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महरा र भन्सारका उच्च अधिकारीहरूसहितका व्यक्तिविरुद्ध सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। २०७९ पुस १० गते चिनियाँ नागरिक लि हाङ सोङ ले फ्लाई दुबईको उडानबाट नेपाल ल्याएको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाइएर सुन तस्करी गरेको अख्तियारले गरेको अनुसन्धानमा फेला परेको छ।

महराविरूद्ध यसअघि गत असोज २७ गते जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको थियो। उच्च अदालत पाटनले महरालाई गत मंसिर ११ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको हो।

प्रकाशित मिति : 16:26