२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

८ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

२६ चैत, काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहीबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । बिहीबार नेप्से ४८.७१ अंकले बढेर २८५१.२४ को बिन्दुमा बन्द भएको छ । यस दिन २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य बटेको छ । यस दिन एक कम्पनीको मूल्य स्थिर रहेको छ । आज ३३८ कम्पनीका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रोको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : 15:08