२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

बादलको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन

२६ चैत, काठमाडौँ । नेकपा (एमाले)का नेता खिमलाल भट्टराई पार्टीका कार्यबाहक अध्यक्ष रामबहादुर थापा बादलको पुरानो धङधङी एमालेको नीति हुन नसक्ने बताउनुभएको छ । पार्टी भित्रका उपाध्यक्ष विष्णु पौडेल समूह र बाहिरका दुस्मनहरू माथि घेरा हालेर आक्रमण गर्ने घोषणा गरेको अभिव्यक्तिमा आपत्ति जनाउँदै भट्टराईले यस्तो बताउनुभएको छ ।

यस्तो छ उहाँको टिप्पणी

कावा अध्यक्ष एवं दलनेताको बोली र एमाले :
हाम्रो पार्टी नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष एवं प्रतिनिधिसभामा दलका नेता कमरेड राम बहादुर थापा “वादल” ले हिजो चैत्र २५ गते, पोखरामा जिल्ला कमिटीद्वारा आयोजित भेलालाई संवोधन गर्ने क्रममा जेजस्ता भाषा, शैली र दृष्टिकोण पेश गर्नुभयो। त्यो पार्टी नीति र एमाले स्कुलीङका विरुद्ध छ । कब्जा, आक्रमण, दुश्मन आदि शब्दावली एमालेका होईनन् ।

जनताको वहुदलीय जनवादको मार्गदर्शन विलकुल यो होईन । हामी कव्जा होईन, जनताको मन जितेर प्रतिष्पर्धामा श्रेष्ठ हुन्छौ, कव्जा हाम्रो नीति होईन । हामीले आक्रमण होईन शान्तिपुर्ण संघर्षबाट विजयलाई सुनिश्चित गर्छौ । हामी प्रतिष्पर्धा गर्छौ दुश्मनी गर्दैनौं । एमालेको संघर्षको नीति यो हो । कार्यवाहक अध्यक्षज्युलाई सिकाउन खोजेको विलकुल होईन, उहाँको पुरानो धङधङी एमालेको नीति हुन सक्दैन मात्रै भन्न खोजेको हुँ । उहाँले आज नेकपा (एमाले) कुन अवस्थामा छ भन्ने आँकलन र कसरी कार्यकर्ता र शुभेच्छुकको पंक्तिलाई परिचालन गर्ने भन्ने कुराको तरीका पनि ठम्याउन सक्नु भएन ।

तस्बिरमा नेकपा (एमाले)का नेता खिमलाल भट्टराई र कार्यबाहक अध्यक्ष रामबहादुर थापा बादल ।

उहाँमा विलकुल युद्धकालीन भाषा, शैली र चिन्तन प्रवृति देखियो । व्यक्तिगतरुपमा उहाँलाई मैले सैध्दान्तिक चेत भएको कम बोल्ने भद्र नेताकारुपमा लिन्थे ।
उहाँको यो भाषण देखेपछि पुरानो होकि वा एआईले पो गडवड गरेछकी भन्ने लागेर अलि बुझ्न खोजेँ । तर अहिलेकै र वास्तविक रहेछ । वास्तवमा मलाई दुख लाग्यो ।

पार्टीको आजको खलवलिएको अवस्थामा नेतृत्व लिनु भएका मुख्य जिम्मेवारको अवस्था यो छ । उहाँले न पार्टीको अवस्था न दृष्टिकोण दुवै बुझेको देखिएन । फस्टम्यानको पगरी धान्न नसक्ने पक्का भयो । कार्यवाहक र दलको नेताको जिम्मेवारी दिनु हुने आदरणीय पार्टी अध्यक्ष कमरेड र सचिवालयका कमरेडहरुले बेलैमा सोच्नुहोस् । धन्यवाद ।

दुस्मनहरूलाई देशैभर घेरा हालेर आक्रमण गर्ने एमालेको घोषणा (भिडियो)

प्रकाशित मिति : 09:07