पाटन कृष्ण मन्दिर परिसरमा दुई युवाको हत्या
२५ल चैत, काठमाडौँ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दुई दाजुभाइको ज्यान गएको छ । बुधबार साँझ भएको घटनामा ३३ वर्षीय सुमीत नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
उनीहरूलाई सञ्जीव नेपालीले चक्कु प्रहार गरी हत्या गरेका हुन । चक्कु प्रहारबाट गम्भीर घाइते भएका नेम्वाङ दाजुभाइलाई तत्काल उपचारका लागि बी एण्ड बी अस्पताल लगिएकोमा उपचारकै क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

चक्कु प्राहर गरेर भाग्दै गरेका सञ्जीव नेपालीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको सुरुआत फोनबाट भएको देखिएको छ । नेम्बाङ दाजुभाइले गरेको फोन सञ्जीव नेपालीको मोबाइलमा पुगेको थियो । अपरिचित नम्बरबाट आएको फोनमा पनि उनीहरूबीच कुराकानी सुरु भएको र त्यसक्रममा भनाभन भएको पाइएको प्रहरीले बताएको छ ।
फोनमै विवाद चर्किएपछि सञ्जीवले दाजुभाइलाई कृष्ण मन्दिरमा निम्तो दिएको पाइएको छ । त्यसपछि इमाडोल बस्दै आएका उनीहरू पाटन कृष्ण मन्दिर पुगेका थिए । सोही क्रममा मासु पसलमा काम गर्ने सञ्जीवले त्यही मासु काट्ने चक्कुले नेम्वाङ दाजुभाइला प्रहार गरी हत्या गरेका थिए । प्रहरीले यसबाटरे थप अनुसन्धान भैरहेको जनाएको छ ।
प्रकाशित मिति : 23:18













