नयाँ वर्षमा टाटा कार एक्सचेन्ज योजना: पुरानो गाडी साट्दा आइपीएल हेर्न भारत जाने मौका
२५ चैत, काठमाडौं । टाटा मोटर्स का लागि नेपालमा आधिकारिक वितरक सिप्रदी ट्रेडिङ ले नयाँ वर्ष २०८३ को अवसरमा ‘नयाँ वर्ष शुभएक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ । सवारी बजारमा नयाँ वर्षसँगै ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले ल्याइएको यो योजना छोटो अवधिको भए पनि सुविधा र आकर्षणका हिसाबले विशेष बनाइएको कम्पनीले जनाएको छ ।
चैत्र २७ देखि ३० गतेसम्म सञ्चालन हुने यस क्याम्प अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी साटेर नयाँ टाटा गाडी खरिद गर्न सक्नेछन् । पछिल्ला वर्षमा एक्सचेन्ज अफरप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै कम्पनीले सहज र झन्झटरहित प्रक्रिया मार्फत ग्राहकलाई नयाँ सवारीसाधनमा रूपान्तरण गर्ने अवसर दिएको हो ।
यस योजनाको अर्को विशेष आकर्षण लक्की ड्र रहेको छ, जसमार्फत भाग्यशाली ग्राहकले भारतमा आयोजना हुने टाटा आइपीएल क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् । सवारी खरिदसँगै मनोरञ्जन र अनुभव जोड्ने प्रयास स्वरूप यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार योजनामा सहभागी हुने ग्राहकलाई नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क सहायक उपकरण तथा निःशुल्क वार्षिक सवारी करजस्ता प्रत्यक्ष आर्थिक लाभ उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।
प्रकाशित मिति : 14:47













