२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

नेशनल लघुवित्तको अध्यक्षमा रबिन सिजापती चयन

२४ चैत, काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा रबिन सिजापती चयन हुनुभएको छ। चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सिजापतीलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको गत चैत ९ गते असामयिक निधन भएपछि रिक्त रहेको अध्यक्ष पदमा सिजापती नियुक्त हुनुभएको हो ।

नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (संशोधन सहित), एकीकृत निर्देशन, २०८१ तथा संस्थाको नियमावलीमा भएको व्यवस्था अनुसार रिक्त अध्यक्ष पदमा विद्यमान सञ्चालकहरूमध्येबाट एक जनालाई चयन गर्नुपर्ने प्रावधानअनुसार नयाँ अध्यक्ष नियुक्त गरिएको कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १७:५४