२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल

२४ चैत, काठमाडौं ।  प्रतिनिधिसभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ सम्बन्धी सन्देश विधेयक टेबुल गर्नुभएको हो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १५:००