२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

बलेफी हाईड्रोपावरको अध्यक्षमा मिश्र चयन

२४ चैत, काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सरोज कुमार मिश्र नियुक्त हुनुभएको छ । चैत २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मिश्रलाई रिक्त रहेको कम्पनीको अध्यक्ष पदमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका अध्यक्ष विदुर पुरीले गत चैत १९ गते राजीनामा दिएसँगै कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो ।

प्रकाशित मिति : 11:37