सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
२४ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार ११:०५













