२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

महिला लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२४ चैत, काठमाडाैं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हाे ।

बिक्रीमा राखिएकाे सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ । साे सेयरमा संस्थाको विद्यमान संस्थापक सेयरधले मात्रै आवेदन दिन सक्नेछन् ।  इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काभ्रेपलाञ्चोकमा रहेको संस्थाको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ ठमेलमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार ०९:२१